बादल मडारियो, हामी हेरेको हेर्‍यै : योगेश भट्टराई

२०८२ चैत्र २६, बिहीबार

काठमाडौं : नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले कास्कीको जिल्ला भेलामा दिएको अभिव्यक्तिपछि पार्टीपंक्ति तरंगित बनेको छ।

बादलले पोखरामा आफूले सदनको पहिलो बैठकमा दिएको अभिव्यक्तिले पार्टीभित्र र बाहिरका दक्षिणपन्थी एक्सपोज भएको बताएका थिए।

त्यसपछि एमाले नेताहरूले पक्षविपक्षमा धारणा सार्वजनिक गरिरहेका छन्।

उपमहासचिव योगेश भट्टराईले छोटो कवितात्मक शैलीमा व्यंग्य गरेका छन्।

उनले प्रतीकात्मक ढंगले कटाक्ष गर्दै लेखेका छन् –

मुसलधारे वर्षा भयो,

जबज निथ्रुक्कै भिज्यो,

मदन तीन छक्क पर्नुभयो

हामी हेरेको हेर्‍यै भयौं!

स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार