बोगोटा : दक्षिणपश्चिम कोलम्बियाको ग्रामीण क्षेत्रमा बिहीबार भएको आक्रमणमा कम्तिमा छ जनाको मृत्यु हुनुका साथै धेरै जना गम्भीर घाइते भएको जनाइएको छ ।
गुरिल्ला समूह र अन्य विद्रोहीहरूका कारण कोलम्बियाका विभिन्न क्षेत्रहरूमा नियमित आक्रमणका साथ हिंसाको सामना गरिरहेका छन् ।
छोटो र लामो दूरीको हतियार बोकेका मानिसहरूले पोपायान सहरमा आक्रमण गरेको स्थानीय अधिकारीले विज्ञप्ति मार्फत जनाएका छन् ।
द्वन्द्वग्रस्त, कोको क्षेत्र अहिले विच्छेदित फार्क छापामार सेनाका असंतुष्टहरू घेरिएको जनाइएको छ । अधिकारीहरूले आक्रमणकारीहरूबारे कुनै स्पष्ट सुराग नभएको र सेनाको सहयोगमा प्रहरी त्यस क्षेत्रमा प्रवेश गर्ने पर्खाइमा रहेको बताएका छन् ।
आक्रमणले ठुलो सङ्ख्यामा मानिसहरूलाई गम्भीर रूपमा घाइते बनाएको, पोपायानका मेयर जुआन कार्लोस मुनोजले सामाजिक सञ्जाल एक्स मार्फत बताएका छन् ।
इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड पिस स्टडीज (इन्डेपाज) का अनुसार यस वर्ष देशमा भएको सामूहिक हत्याको सङ्ख्या ३६ पुगेको छ भने सन् २०१६ को शान्ति सम्झौतामा फार्कले हतियार राख्ने सहमति गरेपछिको उच्च रेकर्ड हो । रासस









