फिल्म ‘राम नाम सत्य’ आजदेखि देशभर प्रदर्शनमा

२०८२ चैत्र २७, शुक्रबार

काठमाडौँ : एक्सन प्रधान चलचित्र ‘राम नाम सत्य’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आएको यस चलचित्रले नेपालभरका हलमा उत्साहजनक शो पाएको छ ।

माइकल चन्दको निर्देशनमा निर्माण भएको सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुसी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ लगायतको अभिनय रहेको छ । सिनेमामा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता तथा मोती कार्की क्रियटिभ निर्मातामा छन् ।

माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा निर्देशक चन्द स्वयंको लेखन रहेको सिनेमामा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पार्श्व संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार