एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा

२०८२ चैत्र २९, आईतवार

काठमाडौँ : नेपालकी कराते स्टार एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन्।

चीनको लेसानमा शनिबार भएको सेमिफाइनलमा एरिकाले महिला ६८ केजी तौल समूहमा इटालीकी फेराकुटी क्लियोलाई ८–३ ले हराइन्।यससँगै एरिकाको कम्तीमा रजत पदक पक्का भएको छ । फाइनलमा एरिकाले आइतबार काजकिस्तानकी सोफिया बर्लुतशोभासँग प्रतिस्पर्धा गर्नेछन्।

यसअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा एरिका सोफियासँग नै पराजित भएकी थिइन्। यस लिगको समूह चरणको सबै खेल जितेकी एरिकाले  क्वाटरफाइनलमा स्लोभेनियाकी जिब्रेत जालालाई ८–० ले सहजै हराएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार