काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंक खातामा एक करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन्।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बालेनको आम्दानीको स्रोत सामाजिक सञ्जाल हो। उनको आम्दानीको स्रोतमा फेसबुक, युट्युब, टिकटक, स्पोर्टिफाई र आइट्युन्स उल्लेख छ।









