इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड पराजित

२०८३ बैशाख १, मंगलवार

काठमाडौं : इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध २–१ को हार व्यहोरेको छ ।

सोमबार लिड्सले म्यानचेस्टरलाई घरेलु मैदान ओल्ड ट्राफेर्डमा २–१ ले पराजित गरेको हो । लिड्सको जितमा दुवै गोल नोह ओकाफोरले गरे । म्यानचेस्टरका कासेमिरोले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । खेलको पाँचौँ मिनेटमा ओकाफोरले लिड्सलाई अग्रता दिलाए । २९औँ मिनेटमा उनै ओकाफेरले दोस्रो व्यक्तिगत गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

६४औँ मिनेटमा कासेमिरोले गोल गर्दै म्यानचेस्टरलाई २–१ को स्थितिमा ल्याएका थिए ।  त्यसअघि, ५६औँ मिनेटमा लिजान्द्रो मार्टिनेजले रातो कार्डको दर्शन गरेपछि म्यानचेस्टर १० खेलाडीमा सीमित भएको थियो । जितसँगै लिड्सले प्रतियोगितामा ३६ अंक जोडेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार