हाइस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२०८३ बैशाख १, मंगलवार

काठमाडौं : कैलालीमा हाईस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु‍ भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ सुपप्र ०१००१ ज १४२१ नम्बर हाईस र सुपप्र ०१०१३ प ५४३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला  प्रहरी  कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि बर्दगोरिया अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार