चलचित्र ‘जदौ’ भदौ १२ गतेबाट प्रदर्शनमा आउने

२०८३ बैशाख २, बुधबार

काठमाडौं : चलचित्र ‘जदौ’ भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अन्जन शर्मा र काजी लिम्बूले संयुक्त रूपमा निर्देशन गरेका छन् । चलचित्र मुकुन भुसाल, रीचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, राजश्री थापालगायत कलाकारको अभिनय छ । चलचित्रको कथा निर्देशक काजी स्वयंले लेखेका छन् ।

फिल्ममा सिपी पुडासैनी ‘धतुरे’, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन, विशाल पहाडी, सुन्दर धिताल, नरेश पौडेललगायतका कलाकारको अभिनय छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ । फिल्मले चाँडै ट्रेलर तथा थप प्रचार सामग्री सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार