सभामुख अर्यालको गाडीलाई ट्राफिक प्रहरीले काट्यो चिट

२०८३ बैशाख २, बुधबार

काठमाडौं : सभामुख डोलप्रसाद अर्याल चढ्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

काठमाडौंको थापाथलीस्थित सडकमा लेन क्रस गरेपछि सभामुख अर्याल चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । बुधबार सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी गाडीलाई समेत ट्राफिक प्रहरीले चिट काटेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतका अनुसार यी गाडीले थापाथलीमा लेन मिचेका थिए ।

थापाथली हुँदै यी गाडी सिंहदरबार पुगेका थिए । ट्राफिक प्रहरी सिंहदरबार नै पुगेर जरिवाना काटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार