‘महेन्द्र राजमार्ग’ नाम राख्दा कसैले चित्त दुखाउनुपर्ने कारण छैन : विष्णु रिजाल

२०८३ बैशाख ४, शुक्रबार

काठमाडौं : नेकपा एमालेका नेता विष्णु रिजालले पूर्व-पश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ का नामले चिनिँदा कसैले चित्त दुखाउनु नपर्ने बताएका छन्।

सरकारले पूर्व-पश्चिम लोकमार्गको नाम फेरि ‘महेन्द्र राजमार्ग’ नै कायम गर्ने प्रस्ताव गरेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले यस्तो धारणा राखेका हुन्।

रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महेन्द्र राजमार्गका नामले चिनिँदै आएको पूर्व-पश्चिम राजमार्गलाई त्यही नामले बोलाउँदा चित्त दुखाउनुपर्ने कारण केही छैन। निःसन्देह उक्त राजमार्ग राजा महेन्द्रले बनाएका हुन् र उनको नाम राख्दा आपत्ति गर्नुपर्ने केही कारण छैन। त्यसभन्दा राम्रा संरचना बनाएर जे–जे आधुनिक र मन लागेका नाम राख्नुपर्ने हो, राख्नलाई महेन्द्र राजमार्गले बाधा पुर्‍याएको छ र ?’

सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा मेची-महाकाली जोड्ने यस राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ को पहिचान दिने प्रस्ताव गरेको छ। राजा महेन्द्रको पहलमा निर्माण भएको यो राजमार्गलाई प्रजातन्त्र स्थापनापछि ‘पूर्व-पश्चिम राजमार्ग’ भन्न थालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार