काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्।
उनले शुक्रबार अबेर अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई राजीनामा बुझाएका हुन्। श्रेष्ठले शुक्रबार नै बोर्ड बैठकमा राजीनामा घोषणा गरेका थिए।राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताए । सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ।
श्रेष्ठलाई २०८१ मंसिर १० मा मन्त्रिपरिषदले सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो।








