काठमाडौं : नेपाली कांग्रेसले आज पनि संसदीय दलको नेता चयन गर्न सकेन।
शुक्रबार कांग्रेस निर्वाचन समितिले गरेकाे सांसदहरूसँगकाे छलफलले पनि दलको नेता चयन गर्न नसकेको हो। कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार आजको बैठकमा धारणा राख्ने सबैजसो सांसदले सहमतिमा छिट्टै नेता चयन गर्नुपर्नेमा जोड दिएका थिए। आगामी हप्ताभित्र नेता चयन हुने केसीले बताए।
‘सबै सांसदले संसदीय दलको नेता चयनमा ढिलो भएको गुनासो राख्नुभयो। यसलाई जसरी पनि सहमतिमा निष्कर्ष निकालौँ र चाँडो गरौँ भन्ने एउटै आवाज छ,’ उनले भने।








