महिला च्यालेन्ज ट्रफीमा नेपालले रुवाण्डालाई हरायो

२०८३ बैशाख १०, बिहीबार

काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला च्यालेन्ज ट्रफीमा रुवान्डालाई दुई विकेटले पराजित गरेको छ ।

यो जितसँगै नेपालले तीन खेल खेल्दा दुई जित र एक हारसहित चार अंक जोडेको छ । नेपालले यसअघि भएको पहिलो खेलमा अमेरिकासँग ४४ रनको हार व्यहोर्दा दोस्रो खेलमा इटालीविरुद्ध ५० रनले विजयी भएको थियो । बुधबार नेपालले गाहांगा ‘बी’ क्रिकेट मैदानमा घरेलु टोलीलाई पराजित गर्ने क्रममा घरेलु टोलीले प्रस्तुत गरेको ८९ रनको लक्ष्य १९.४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको निम्ति सम्झना खड्काले सर्वाधिक ४८ रन बनाइन् । पूजा महतोले १३ र ओपनर विन्दु रावलले १० रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । रुवान्डको निम्ति जियोभानिज उवासेले सर्वाधिक तीन विकेट लिइन् । हेनराइटी इसिम्वे र जिसेली इसिम्वेले समान दुई विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको रुवान्डा नेपालविरुद्ध १९.४ ओभरमा ८८ रनमै समेटिएको थियो । रुवान्डाको निम्ति एलिक इकुज्वीले १७ रन बनाइन् । मेरी डीआने बिमेन्यीमानाले १५, क्लारिस उमोटोनिवासेले १३ र रोजिनी आईरेराले १२ रन बनाए । यसबोहक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालीका रुविना क्षेत्रीले सर्वाधिक तीन विकेट लिइन् । कविता कुँवर र पूजा महतोले समान दुई विकेट लिँदा मनिषा उपाध्याय र रिया शर्माले समान एक विकेट लिए । हारका बावजुद रुवान्डा चार अंकका साथ तालिकाको शीर्ष स्थानमै कायम छ । दोस्रो हार व्यहोरेको रुवान्डाले चार खेल खेल्दा समान दुई जित र हार व्यहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार