यामलको गोलमा सेल्टा भिगोविरुद्ध बार्सिलोनाको जित

२०८३ बैशाख १०, बिहीबार

काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस शीर्ष डिभिजन लिग ला लिगामा सेल्टा भिगोविरुद्ध १–० को कठिन जित निकालेको छ ।

बुधबार बार्सिलोनालाई घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा जित दिलाउन लामिन यामल निर्णायक बने । यामलले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै बार्सिलोनाले जित हासिल गरेको हो ।

जितसँगै बार्सिलोनाले तालिकामा ८२ अंक जोडेको छ । बार्सिलोनाले ३२ खेल खेल्दा २७ जित, एक बराबरी र चार हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार