यूएईविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

२०८३ बैशाख १२, शनिबार

काठमाडौँ : राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।

राष्ट्रिय टोलीका लागि उनको यो छैटौँ अर्धशतक हो।

यूएईले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले ३४.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रन बनाएर खेलिरहेको छ।

क्रिजमा ऐरी ५१ र सोमपाल कामी ७ रनमा अविजित छन्।

ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए।

बसिर अहमदले २०, आरिफ शेखले १५ र भीम सार्कीले १० रन थपे।

आशिफ शेखले ७ र कप्तान रोहित पौडेलले २ रन बनाए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार