पाकिस्तानमा पेट्रोलको मूल्य प्रतिलिटर ३९३ पुग्यो

२०८३ बैशाख १२, शनिबार

काठमाडौं : पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । पेट्रोलियम विभागले जारी गरेको सूचना अनुसार पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर २६.७७ ले बढाइएको हो ।

पाकिस्तानी सरकारले यी नयाँ मूल्यहरू अप्रिल २५ देखि लागू हुने बताएको छ। बीबीसी उर्दूका अनुसार, पाकिस्तानमा पेट्रोलको नयाँ मूल्य अब प्रतिलिटर ३९३.३५ र डिजेलको नयाँ मूल्य ३८०.१९ प्रतिलिटर पुगेको छ ।

पाकिस्तानी सरकारले मट्टितेलको मूल्य प्रतिलिटर ६३.६० ले घटाएको छ। पाकिस्तानमा मट्टितेलको नयाँ मूल्य अब प्रतिलिटर ३६५.२१ पुगेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार