सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान

२०८३ बैशाख १२, शनिबार

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन(बजेट अधिवेशन) आह्वान गरेका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उहाँले आज वैशाख १७ गते अपराह्न ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन्।

अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुगेका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार