विश्वकप लिग २ : नेपाल आज यूएईविरुद्ध खेल्दै

२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानसम्मिलित त्रिकोणात्मक सिरिजमा आज नेपाल र यूएई भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल शुक्रबार बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।

पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको घरेलु टोली नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ। लिग–२ को शीर्ष ६ मा रहेर एक दिवसीय वरियता जोगाउनका लागि नेपाललाई जितको आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार