काठमाडौँ : सिराहाको सिरहा नगरपालिका-१७ मा माडर चोकबाट भन्सार कार्यालयतर्फ जाँदै गरेको प्र.२-०१-००४ प ९३४७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
दुर्घटनामा सिराहा नगरपालिका-१६ माडर बस्ने महमद अजातकी छोरी ३ वर्षीया अलीना खातुनको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको न्यूरो अस्पताल जनकपुर हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा मंगलबार बिहान बाटोमै मृत्यु भएको हो।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।





