काठमाडौं : बिपी राजमार्गको रोशी खण्डमा जोखिम बढेसँगै अनिश्चितकालका लागि रातको १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार सूचना जारी गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म भकुण्डेबेशीदेखि खुर्काेटसम्म यातायात सञ्चालनमा रोक लगाएको हो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मंगलबार बेलुकादेखि नै बाटो बन्द गर्न थालिएको जानकारी दिए। उनका अनुसार अब अर्को सूचना जारी नहुँदासम्म साँझ ५ देखि बिहान ५ बजेसम्म दैनिक १२ घण्टा राजमार्ग बन्द गरिनेछ।





