काठमाडौँ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क राखेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले जिल्ला समन्वय समिति (जिसस) अनावश्यक भएको र पालिका तथा केन्द्रका बारे मात्रै संशोधन जरुरी भएको बताएका छन् ।उनले भनेका छन्, ‘पहिला रास्वपा संघीयता खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्छ कि गर्दैन ? गर्ने हो भने केन्द्र र पालिका मात्र होस् ।’






