काठमाडौँ : नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित कौडा/चुड्का गीत ‘पियारी’ सार्वजनिक गरिएको छ ।
गण्डक क्षेत्रको रैथाने भाकालाई समेटिएको यो गीतले विशेषतः गोरखा, तनहुँ आसपासमा प्रचलित परम्परागत साङ्गीतिक शैलीलाई प्राथमिकता दिएको छ । गणेश गुरुङ, तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको गीतमा शब्द गायक गणेशकै छ । गीतको संगीत संकलन चन्द्र गुरुङ (केवरपानी) र गोरा बाजे (तोरेन)ले गरेका हुन् भने एरेञ्ज तेजेन्द्र दुराको रहेको छ ।
भिडियोमा हितमान गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र गणेश गुरुङको अभिनय देख्न सकिन्छ। करण चैसिरको छायांकन रहेको गीतको भिडियोमा विष्णुहरि तिमल्सिनाको सम्पादन छ । भिडियोमा कोरियोग्राफी तथा निर्देशन मनाङ गुरुङले गरेका हुन् ।





