नेपाल पुलिस क्लब कोहलपुर गोल्डकपको फाइनलमा प्रवेश

२०८३ बैशाख २५, शुक्रबार

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब चौथो कोहलपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णालीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो । निकै रोमाञ्चक खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन सकेन ।

कोहलपुर गोल्डकपको जारी संस्करणमा कुनैपनि खेलको पेनाल्टीमार्फत नतिजा निकालेको यो नै पहिलो खेल हो । पेनाल्टीमा जित हासिल गर्दै नेपाल पुलिस क्लबले फाइनलमा आयोजक कोहलपुर रेसिङ सहारा क्लब कोहलपुरसँगको भेट पक्का गरेको हो । पेनाल्टीमा नेपाल पुलिस क्लबका पाँचैजना खेलाडीले गोल गरे ।

पुलिस क्लबका लागि पेनाल्टीमा कप्तान राम बगाले, अनिल टमाटा,सञ्जिव लामा, हेमन्त श्रेष्ठ र सुजन मगरले गोल गरे । कर्णालीका लागि करण शाही, दिवश विसी र बिक्रम अलीले गोल गर्दा कप्तान सुदन विश्वकर्माले गोल गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार