संघीय संसद् सचिवालयको ट्रेड युनियन खारेज

२०८३ बैशाख २५, शुक्रबार

काठमाडौँ : संघीय संसद् सचिवालयमा ट्रेड युनियन खारेज गरिएको छ।

संघीय संसद् सचिवालय कर्मचारी प्रशासन शाखाले सूचना जारी गर्दै केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशबाट ट्रेड युनियनको व्यवस्था खारेज भएको जानकारी गराएको हो।

सरकारले केही दिन अगाडी अध्यादेशमार्फत ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको थियो।

संघीय संसद् सचिवालयसम्बन्धी ऐन २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था थियो। मर्यादापालक बाहेकका सचिवालयमा कार्यरत राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेशागत हक हितको लागि एउटा कर्मचारी युनियन गठन गर्न सक्ने व्यवस्था थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार