काठमाडौं : एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा घरेलु मैदानमै सेल्टा भिगोसँग १–० को हार व्यहोरेको छ ।
शनिबार मेट्रोपेलिटानो रंगशालामा बोर्जा इग्लेसियासले दोस्रो हाफमा गरेको एकमात्र गोल पाहुना टोली सेल्टालाई जित दिलाउन पर्याप्त बन्यो । उनले ६२औँ मिनेटमा गोल गरेका थिए । लिगमा सेल्टाको यो लगातार दोस्रो जित हो ।
जितसँगै ३५ खेलमा ५० अंक जोडेको सेल्टा छैटौँ स्थानमा कायम छ । पराजित एट्लेटिको समान खेलबाट ६३ अंकका साथ चौथो स्थानमा यथावत छ ।








