मकवानपुरमा सडकबाट लडेर महिलाको मृत्यु

२०८३ जेष्ठ ७, बिहीबार

काठमाडौँ : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५, भागेमा सडकबाट लडेर महिलाको मृत्यु भएको छ।

घटना बुधबारको हो। भित्री सडक खण्डमा स्थानीय २३ वर्षीया सुशीला घिसिङ मृत अवस्थामा फेला परेकी हुन्।

घटनाबारे इन्द्रसरोवर गाउँपालिका-५ का वडा अध्यक्ष दूतराज तितुङले प्रहरी चौकी (फाखेल) लाई टेलिफोनमार्फत जानकारी गराएका थिए।

यसपछि प्रहरी सहायक निरीक्षक सुरेन्द्र साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

उनका अनुसार आफ्नो बच्चालाई नजिकै रहेको मनकामना बाल विकास केन्द्रमा छाडेर घर फर्किने क्रममा सुशीला सडकबाट करिब १५ मिटर तल खसेको अवस्थामा मृत फेला परेकी हुन्।

स्थानीय तथा मृतकका श्रीमान्‌सँग बुझ्दा उनी छारे रोगबाट पीडित रहेको खुलेको प्रहरीले जनाएको छ।

सुशीलाको शव पोस्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार