काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय ९५ रूपैयाँ कायम भएकोमा आज १५ रुपैयाँले बढेर ५ हजार ७ सय १० रुपैयाँ कायम भएको छ ।











