काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय ४५ रूपैयाँ कायम भएकोमा आज ३ सय ५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।











