काठमाडौंँ : काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष भरतलाल श्रेष्ठले पाएका छन् ।
काठमाडौँ महानगरपालिकाको ४९ औँ कार्यपालिका बैठकले कार्यवाहक प्रमुख रहेकी सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरेको थियो ।
आइतबार बेलुका उनी जाने भएपछि नफर्किउञ्जेलसम्मका लागि कार्यवाहक प्रमुखका रुपमा काम गर्न ज्येष्ठताको आधारमा वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई जिम्मेवारी तोकिएको हो ।











