कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा

२०८३ जेष्ठ ८, शुक्रबार

सुनसरी : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताएका छन् ।

सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा आज नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताए । नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली कांग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उनको भनाइ थियो ।

सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउदै संविधान संशोधन परिपक्व ढङ्गले अगाडि बढाउनुपर्नेमा सभापति थापाले सुझाव दिए। कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेतृत्व र पार्टीबाट सरकारी पदधारण गरेको व्यक्तिबीच समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेस एक ढिक्का भएर अगाडि बढेको र यसलाई सबैको साझा कांग्रेस बनाउनका लागि सबैलाई आह्वान गरे । उनले पार्टीभित्र रहेका गुटबन्दी अन्त्य भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार