नेकपा एमालेको सचिवालय बैठक आज पुनः बस्दै

२०८३ जेष्ठ ९, शनिबार

भक्तपुर : नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक शनिबार (आज) पनि बस्ने भएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार बैठक बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ।

यसअघि शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरू (पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण बिष्ट, र रघुजी पन्त) ले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए। बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल गरिएको थियो। थापाबाहेक चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।

पार्टीका उपमहासचिव भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भइरहेको बताए। उनका अनुसार अझै १२ जनाले बोल्न बाँकी छ। हिजोको बैठकमा नेताहरूको कार्य विभाजनको विषयले प्रवेश नै पाउन सकेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार