प्रमुख प्रशासकीय अधिकृत ७२ हजार घुससहित पक्राउ

२०८३ जेष्ठ ९, शनिबार

काठमाडौँ : महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा अधिकृत यादवले विभिन्न बहाना बनाई दुःख हैरानी दिँदै सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार अधिकृत यादवको साथबाट घुसको ७२ हजार रुपैयाँका साथै स्रोत नखुलेको थप ८३ हजार १४५ रुपैयाँ समेत बरामद गरिएको छ। महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ निगौलस्थित सम्सी-गौशाला सडक खण्डमा गौशालातर्फ जाँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

उनी सवार सरकारी नम्बर प्लेटको सवारी साधनबाट घुस रकम, स्रोत नखुलेको रकमका साथै एक थान ल्यापटप, दुई थान मोबाइल र अन्य सरकारी कागजातहरू बरामद गरिएको अख्तियारले जनाएको छ। जेठ ८ गते नियन्त्रणमा लिइएका अधिकृत यादवमाथि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार