काभा च्याम्पियनसिपमा नेपालको पहिलो जित

२०८३ जेष्ठ ९, शनिबार

काठमाडौँ : नेपाली राष्ट्रिय महिला भलिबल टोलीले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा पहिलो जित दर्ता गरेको छ।

च्याम्पियनसिपमा पहिलो जित हात पारेसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना जिवित राखेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटम हराएको हो। नेपालले किर्गिस्तानलाई २५–१८, २५–२० र २५–१३ ले पाखा लगाएको हो।

समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार