मलाई कुनै पद चाहिँदैन, पार्टी एक हुनुपर्‍यो : शशांक कोइराला

२०८३ जेष्ठ ९, शनिबार

कास्की : नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस बृहत एकता र भावि कार्यदिशाको लागि गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै नेता कोइरालाले भने, “पार्टी बलियो भयो भने हामी बच्छौँ, पार्टी कमजोर भए हामी झनै कमजोर हुँदै जान्छौँ ।” “मलाई कुनै पद चाहिँदैन, पार्टी एक हुनुपर्‍यो,” कोइरालाले भने, “पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्छ ।

बिपी कोइरालाले त्यति बेला आफू प्रधानमन्त्री नभई सुवर्णलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको उदाहरण दिँदै नेता कोइरालाले गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति भएको टिप्पणी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार