काठमाडौं : नेपालकी पलेशा गोवर्धनले ११औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी छन् ।
मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कांस्य जितेकी हुन् । पहिलो चरणमा बाइ पाउदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसंग पराजित भएपछि कांस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।





