उपचारका लागि आर्थिक सहयोग संकलन नगर्न न्यायाधीश श्रेष्ठको आग्रह

२०८३ जेष्ठ १३, बुधबार

काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग सङ्कलन नगर्न आग्रह गरेका छन्।

आज जारी गरिएको प्रेस विज्ञप्तिमार्फत न्यायाधीश श्रेष्ठले आफ्नो उपचारका लागि विभिन्न माध्यमबाट आर्थिक सहयोग सङ्कलन गर्न लागिएको जानकारी पाएको उल्लेख गर्दै उक्त कार्य तत्काल स्थगित गर्न अनुरोध गरेका हुन् ।

विज्ञप्तिमा उनले न्याय सेवा अधिकृत समाज ले न्यायपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई स्वेच्छिक आर्थिक सहयोग गर्न आह्वान गरेको जानकारी आफूले पाएको उल्लेख गरेका छन् ।

‘यो आर्थिक सङ्कलनको कार्य स्थगित गरिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आशा छ, तपाईंहरूले मेरो अनुरोधलाई स्वीकार गरी रकम सङ्कलनको कार्य स्थगित गर्नुहुनेछ ।’

बोनम्यारोसम्बन्धी समस्याबाट पीडित न्यायाधीश श्रेष्ठको हाल भारतको राजीव गान्धी क्यान्सर संस्थान र अनुसन्धान केन्द्रमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार