रविन्द्र ढाँट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा

२०८३ जेष्ठ १४, बिहीबार

काठमाडौं : नेपाली फाइटर रविन्द्र ढाँट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रवीन्द्रले बिहीबार मकाओको ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेटको क्वार्टरफाइनलमा फिलिपिन्सका किमबर्ट एलिन्टोजोनलाई टेक्निकल नकआउट (टीकेओ)का आधारमा पराजित गरे । खेल दोस्रो राउन्डसम्म पुगेको थियो ।

रवीन्द्र ‘रोड टु यूएफसी’मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार