वर्षा-आँधीले बिहार र उत्तर प्रदेशमा २४ घण्टामा ४८ जनाको मृत्यु

२०८३ जेष्ठ १६, शनिबार

काठमाडौँ : भारतीय राज्य बिहारमा आँधीबेहरी र चट्याङका कारण गत २४ घण्टामा १७ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार वर्षाका कारण पटनामा चार उडान डाइभर्ट गरिएका छन् र १८ वटा ढिलाइ भएको छ।

जसले गर्दा ५०० भन्दा बढी यात्रुलाई असुविधा भएको छ।

आज राज्यका २५ जिल्लामा वर्षा हुने अनुमान गरिएको छ।

यस्तै उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा आँधीबेहरीका कारण ३१ जनाको मृत्यु भएको छ।

सहारनपुरमा भारी वर्षाका कारण पहाडबाट बाढी-पहिरो आउँदा इनोभा ट्रयाक्टरसहित १० वटा सवारीसाधन बगेका छन्।

आज उत्तर प्रदेशका सबै ७५ जिल्लामा वर्षाको चेतावनी जारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार