विभिन्न स्थानबाट २६ जना लागूऔषध सहित पक्राउ

२०८३ जेष्ठ १६, शनिबार

काठमाडौँ : अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २६ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका-१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु जरङ्खु बस्ने रामेछाप घर भएका २३ वर्षीय प्रशान्त मगर र काठमाडौं कालधारा बस्ने नुवाकोट घर भएका २३ वर्षीय अनिल लामा रहेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले बा.३२ प ५६२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद २० हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने २९ वर्षीय बिशाल लामा र सोही नगरपालिका-५ जोरपाटी बस्ने २८ वर्षीय दावा लामा रहेका छन्। प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

बझाङ केदारस्युँ गाउँपालिका-९ झोता बजारस्थित अनिल होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित जयपृथ्वी नगरपालिका-१० बस्ने २२ वर्षीय प्रकाश श्रेष्ठ समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट झोताबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चिङ्गाड गाउँपालिका-३ मटेला बस्ने १९ वर्षीय आयुस जिसी, दैलेख भैरवी गाउँपालिका-२ बस्ने २३ वर्षीय सन्तोष थापा र दैलेख डुङ्गेश्वर गाउँपालिका-८ डाँडा पराजुल बस्ने २९ वर्षीय चन्द्र बहादुर आले रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सल्यान बागचौर नगरपालिका-२ खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-७ कोटबारा बस्ने ३७ वर्षीय शोभाराम वलीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले दाङदेखि सल्यान पातिहाल्नातर्फ जाँदै गरेको भे.१ ज १७४२ नम्बरको गाडी जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक शोभारामलाई पक्राउ गरेको हो।

मोरङ उर्लाबारी नगरपालिका-७ बरगाछीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ७ सय १० रूपैयाँ सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय आशिष तामाङ र २८ वर्षीय राजकुमार राजवंशी रहेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी मोरङ बेलबारी नगरपालिका-१ सिसौली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन ३ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राई, सोही नगरपालिका-१ बस्ने २५ वर्षीय बिकल राई र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सुदेश राई रहेका छन्। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले रोमनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी मोरङ उर्लाबारी नगरपालिका-७ बरगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सुनवर्षी नगरपालिका-८ घर भएका ४२ वर्षीय मोहमद नसिम मिँयालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उनको कोठा समेत तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम २ सय २० मिलिग्राम र डिजिटल तराजु १ थान फेला पारी बरामद गरेको छ।

रूपन्देही रोहिणी गाउँपालिका-४ सुइलिहवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३१ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन ३१ एम्पुल सहित नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१६ अमहवा बस्ने २२ वर्षीय अरमान फकिरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.२० प ३०२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

भक्तपुर मध्यपुर थिमि नगरपालिका-५ कमेरोटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर कमेरोटार बस्ने बारा घर भएका १९ वर्षीय रोहित जैसवाल र सोही ठाउँ बस्ने बारा घर भएका २१ वर्षीय दिपक यादव रहेका छन्। प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बर्दिया गुलरिया नगरपालिका-८ थपुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ८० मिलिग्राम सहित ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने ३२ वर्षीय बिजय यादव, २८ वर्षीय संजय यादव, सोही नगरपालिका-८ थपुवा गाउँ बस्ने २१ वर्षीय संगम थारू र सोही नगरपालिका-११ भाडा पुरूवा बस्ने २० वर्षीय सन्तोष थारू रहेका छन्।

इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ६३२० नम्बर र भे.१४ प ४१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

चितवन खैरहनी नगरपालिका-८ चौबिसकोठीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३८ वर्षीय सुरेन्द्र बस्नेतलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सर्लाही ईश्वरपुर नगरपालिका-८ रामपुरबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलो सहित लालबन्दी नगरपालिका-११ हिरापुरटोल बस्ने २७ वर्षीय थमबङ्ग लामालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले बा.प्र.-०२-०६२ प ७०७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ।

रूकुम पश्चिम आठविसकोट नगरपालिका-१४ छेपारेबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १० किलो १ सय ६० ग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने ३६ वर्षीय राम बहादुर सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरीले जाजरकोट कालीमाटीबाट नेपालगंजतर्फ जाँदै गरेको लु.२ ख ५१९५ नम्बरको गाडी तलासी गर्दा उक्त पदार्थ फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार