सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

मुख्यमन्त्री शाह संलग्न दल नेपाली कांग्रेसकै बहुमत प्रदेशसभा सदस्यहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८ सांसद छन् । यीमध्ये लामो समयदेखि प्रकाश देउवा अमेरिकामा छन् भने बाँकी नेपालमा रहेका १७ सांसदमध्ये बहुमत सदस्य ९ सांसदहरूले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

कांग्रेसभित्र मुख्यमन्त्री शाहको राजीनामा माग्दै आएका बेला अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेपाली कम्युनिष्ट पार्टीको सभामुखसहित २२, एमालेको उपसभामुखसहित ११, राप्रपाको एक र एक स्वतन्त्र गरी प्रदेशसभा ५३ सदस्यीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार