वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीले पाए सफाइ

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौँ : सर्वोच्च अदालतले दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीले वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासबाट उच्च अदालत पाटनको फैसला सदर हुने निर्णय भएको हो । २०८१ चैत ३१ मा उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई पूर्वपत्नी आरती रावल गिरीले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको थियो । यसअघि उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले गिरीलाई सफाइ दिएको थियो ।

गिरीलाई सफाइ दिएपछि त्यसउपर सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो । गिरीको श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाएपछि उनी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार