घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

२०८३ जेष्ठ २१, बिहीबार

भक्तपुर : भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । आक्रमणमा उनका आठ वर्षका छोरा त्रिशल घाइते भएका छन् ।

उक्त घटना गए रातिको हो । हत्या अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार