नेपालले भुटानलाई दियो ११४ रनको लक्ष्य

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौं : नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा भुटानसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा टस हारेर ब्याटिङका निम्ति उत्रिएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको हो । नेपालकी सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान गरिन् । रुबिन क्षेत्रीले २४, सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे ।

भुटानकी छिरिङ जाङ्गमो र सोनामले तीन/तीन विकेट लिए । अन्जु गुरुङले दुई, रित्शी छोडेन र रिया प्रधानले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार