एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौँ : एसियन गेम्स क्लालिफायरअन्तर्गत बिहीबार भइरहेको खेलमा कुशल भुर्तेलले मलेसियाविरुद्ध शतक प्रहार गरेका छन्।

आक्रामक ब्याटिङ गरेका उनले ४४ बलमा १०० रन बनाएका हुन्। उनले १० चौका र ७ छक्का मद्दतमा शतक प्रहार गरे।

१५औँ ओभर चलिरहँदा नेपालले २ विकेट गुमाएर २ सय रन पनि पूरा गरेको छ।

यो शतकसँगै भुर्तेल टी२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन्। उनले २२ सय १५ रन बनाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार