सिमाना मिचिएको विषयमा सरकार बोल्न डराउनु हुदैन : हर्क साम्पाङ

२०८३ जेष्ठ २४, आईतवार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बन्ने र चुनिएर जाने प्रतिनिधिहरूले एक रुपैयाँ मात्र पनि भ्रष्टाचार गरेमा उनीहरूलाई सार्वजनिक रूपमा मोसो दलेर जुत्ताको माला लगाउनुपर्ने बताएका छन्।

आइतबार पाँचथरको फिदिम-१३ जेभालेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन र इमान्दारिताका लागि यो आवश्यक रहेको बताएका हुन्। साम्पाङले राजनीतिलाई आफूले पूजा र आराधनाको रूपमा लिएको बताए। देश बनाउन भाषणले मात्र नभई कोदालो बोकेर श्रम गर्नुपर्नेमा उनले जोड दिए।

‘हामीले हप्ताको ६ दिन आफ्नो पेट पाल्नका लागि श्रम गरौं, तर हप्ताको कम्तीमा एक दिन देशका लागि श्रमदान गरौं,’ उनले भने, ‘बजेटको अभाव देखाएर काम नगर्ने प्रवृत्तिलाई हामीले चिर्नुपर्छ। ५० लाखको बजेट छ भने श्रमदानमार्फत डेढदेखि दुई करोडको विकास गरेर देखाउने ग्यारेन्टी म लिन्छु।’

उनले आफूलाई यो देशको सबैभन्दा सानो मान्छे भन्दै विचारले भने आकाश छुनुपर्ने तर्क राखे। प्रधानमन्त्री र सरकारको आलोचना गर्दै उनले सिमाना मिचिएको विषयमा सरकार बोल्न डराउनु नहुने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार