काठमाडौं : विश्वकपमा २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले जित निकालेको छ ।
समूह सी अन्तर्गत रहेका स्कटल्याण्ड र हाइटीबीच अमेरिकाको बोस्टन रंगशालामा खेल भएको थियो । हाइटीसँगको पहिलो खेलमा स्कटल्याण्ड १-0 ले विजयी भएको हो । स्कटल्याण्डका लागि जोन मेग्गनीले गोल गरेका हुन् । उनले पहिलो हाफमा गोल गरेका थिए ।
सन् १९९८ पछि स्कटल्याण्ड विश्वकपमा हाल समावेश भएको हो । जितसँगै स्कटल्याण्डले तीन अंक जोडेको छ ।








