काठमाडौं : राष्ट्रियसभामा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
संसद्मा आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने उनको तर्क थियो ।
सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदीय छानबिन समिति गठन गरी अर्थमन्त्रीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बताए । सरकारले ल्याएको बजेटले समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नलिएको भन्दै उनले असन्तुष्टि जनाए ।





