नापी कार्यालय चाबहिलका कर्मचारी घुससहित पक्राउ

२०८३ असार २, मंगलवार

काठमाडौं : नापी कार्यालय, चावहिल २ नं नापी टोलीका अमिन टोप जङ खत्री घुससहित पक्राउ परेका छन्।

जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाईदिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग उनले ६० हजार घुस लिएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले उनलाई मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकालवारीस्थित कार्यालय परिसरबाट पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार