पीरतीले मलाई सांसद र मन्त्री बनायो : महावीर पुन

२०८३ असार ४, बिहीबार

काठमाडौं :  विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशप्रतिको प्रेम र समर्पणकै कारण आफू सांसद र मन्त्री बन्न पुगेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले यस्तो बताएका हुन्। उनले पुरानो नेपाली गीत ‘पीरतीले जोगी बनायो’ को प्रसंग स्मरण गर्दै आफू पनि पीरतिकै कारण राजनीतिमा आएको बताए। तर आफ्नो पीरति कुनै व्यक्तिसँग नभई देशसँग रहेको उनको भनाइ थियो।

“म सांसद वा मन्त्री हुने मान्छे होइन। तर पीरतीले मलाई सांसद र मन्त्री बनायो,” उनले भने, “मेरो पीरति सुरुमा गाउँसँग बस्यो। अमेरिकाबाट घुम्न आएको मान्छे गाउँसँग जोडिएँ। त्यसपछि त्यो भावना जिल्ला हुँदै विस्तारै देशभर फैलियो र अन्ततः देशसँग गहिरो पीरति बस्यो।”

मन्त्री पुनले देशप्रतिको यही समर्पणले आफूलाई सार्वजनिक जीवनमा ल्याएको उल्लेख गर्दै अहिले आफू ‘जोगी’ जस्तै भएको अनुभूति हुने बताए। “व्यवहारिक रूपमा पनि म जोगी नै हो,” उनले संसदमा भने।

उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि काम गर्ने भावनाले आफूलाई यहाँसम्म ल्याएको उल्लेख गर्दै देशको विकास र नवप्रवर्तनका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार