काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूले सक्रिय राजा नखोजेको बताएका छन्।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले अभिभावकीय राजसंस्था मात्रै खोजको प्रस्ट पारेका हुन्।
‘हामीले खोजेको राजसंस्था संवैधानिक राजसंस्था हो। हामीले खोजेको शासन गर्ने राजा होइन, अभिभावकीय राजसंस्था हो,’ उनले भने।
संवैधानिक राजसंस्थाको विषयमा राप्रपाको कुनै स्वार्थ नरहेको जिकिर गर्दै लिङ्देनले भने, ‘राप्रपा न हिजो न आज न भविष्यमा, आफ्नो सिद्धान्तबाट विचलित हुँदैन। अझ सशक्त ढंगले अघि बढ्छ।’








